काठमाडौं, २४, असोज
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा सहित १९ जना साँसदले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन जनाएका छन् । अध्यक्ष थापा सहित १९ जना साँसदले सोमबार संसद सचिवालयमा सरकारलाई समर्थन जनाएको पत्र दर्ता गराएका हुन । ‘मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमको पृष्ठभूमिमा प्रतिनिधिसभा तथा प्रदेशसभाको आगामी चुनाव सुनिश्चित गर्न राप्रपाले बर्तमान सरकारलाई समर्थन दिने निर्णय गरेको हो ’ संसद सचिवालयमा दर्ता गरिएको पत्रमा भनिएको छ । राप्रपा विभाजित भएपछि पशुपति शम्सेर राणा नेतृत्वको समूहले यसअघि नै सरकारमा सहभागी भएको थियो भने कमल थापा नेतृत्वको समूह सरकारमा सहभागी भएको थिएन ।
अन्नपूर्णपोष्टबाट





























प्रतिक्रिया