केन्द्रबिन्दु, २३ असोज ।
हामीकहाँ गीत छ, ‘आमा भएर बाँडी हेर सन्तानका पीरहरू ।’ आमाको लागि वास्तवमै महत्वपूर्ण हुन्छ आफ्नो बच्चा । अनेक दुःख–कष्ट सहेर बच्चा जन्माउँछन् । हुर्काउँछन् । बच्चाले दुनियाँमा सबैभन्दा पहिलो आफ्नी आमाको स्नेहबाटै जीवनलाई बुझ्ने मौका पाउँछ ।
यसै मेसोमा अहिले सोसल मिडियामा केही फोटा भाइरल भएका छन्, जसले आमा र बच्चाको सम्बन्धलाई दर्शाउँछन् ।
यो तस्विर हेर्नुहोस् त । यस्तो देखिन्छ, बच्चालाई आमाले झ्यालबाट बाहिर फ्याँक्दैछिन् । तर, खासमा आमाले बच्चालाई धुँवाबाट बचाउनका लागि झ्यालबाहिर निकालेकी हुन्, ताकि बच्चालाई सास फेर्न सजिलो होस् ।
त्यस बच्चालाई बचाउनका लागि फयर फाइटर भर्याङ चढेर आएका थिए । यस फोटोमा देखिन्छ– आमाले आफ्नो प्राणलाई दाउमा राखेर कसरी बच्चालाई बचाउँछिन् ? (एजेन्सी)





























प्रतिक्रिया