काठमाडौं उपत्यकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३६२, कूल संक्रमित कति ?

काठमाडौं उपत्यकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३६२, कूल संक्रमित कति ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमण काठमाडौं उपत्यकामा तीब्र बन्दै गएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा मात्र ७७ हजार ९७० जनामा संक्रमण पुष्टि भएको छ भने कोरोनाले ३६२ जनाको मृत्यु भइसकेको छ।

मन्त्रालयका अनुसार उपत्यकामा सबैभन्दा बढी संक्रमित काठमाडौं जिल्लामा छन्। काठमाडौंमा अहिलेसम्म ६३ हजार २१७ जनामा संक्रमण पुष्टि हुँदा ४६ हजार ७५४ जना डिस्चार्ज भएका छन्।

सक्रिय संक्रमितको संख्या काठमाडौं जिल्लामा मात्र १६ हजार २२९ रहेको छ भने २३४ जनाको कोरोनाले मृत्यु भइसकेको छ।

काठमाडौं जिल्लामा संक्रमण तीब्र रुपमा बढ्दै गएपछि विभिन्न वडा कार्यालय नै बन्द हुन थालेका छन् । वडा नम्बर १० ले सूचना टाँसेर आफ्नो वडामा ७०० बढी संक्रमित भएको र १२ जनाको मृत्यु भइसकेको जानकारी गराएको छ।

वडाध्यक्ष रामकुमार केसीले कार्यालयबाट तत्कालका लागि कोरोना सम्बन्धी सिफारिसबाहेक अन्य सबै सेवा अर्को सूचना प्रकाशित नभएसम्मका लागि बन्द भएको जानकारी दिए।

काठमाडौंपछि उपत्यकामा धेरै संक्रमित ललितपुरमा छन्। मन्त्रालयका अनुसार ललितपुरमा ८ हजार ९५८ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये ६ हजार ५५४ जनाले कोरोना जितेका छन्। २३ सय २४ जना सक्रिय संक्रमित भएको ललितपुरमा ६२ जनाको मृत्यु भइसकेको छ।

त्यसैगरी भक्तपुर जिल्लामा पाँच हजार ७९५ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये ४ हजार ७२९ जनाले कोरोना जितेका छन्। एक हजार सक्रिय संक्रमित रहेको भक्तपुरमा ६६ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्।अन्नपूर्णबाट

Logo