पर्वत २१ असोज
जिल्लाको फलेवास नगरपालिका– ७ लिमिठानाका कृषक भुवानीप्रसाद पौडेलको बारीमा १० किलाको घिरौँला फलेको छ । साधारणतया एउटा घिरौँला एकदेखि डेढ किलो सम्मको हुने गर्छ । पौडेलले भने, “२० वर्ष यतादेखि तरकारी खेती गर्न थालेको हुँ, यत्रो घिरौँला अहिले सम्म फलेको थिएन ।” घिरौँला तीन हात लामो छ । जेठमा रोपिएको घिरौँला अरु पनि यस्तै ठूला ठूला आकारमा फलेका छन् । उनले सो घिरौँला बीउको प्रयोजनका लागि वचाइ राखेको वताए । अस्वाभाविक ठूलो घिरौँला फलेपछि उनको बारीमा हेर्न आउनेहरुको भीड लाग्न थालेको छ । मलिलो जग्गाका कारण घिरौँला हौसिएर बढेको कृषि प्राविधिकले बताएका छन् । कृषि प्राविधिक आनन्दप्रसाद पौडेलले भने, “मलिलो जग्गा, नियमित गोडमेल र सिँचाइको प्रवन्धका कारण उत्पादन राम्रो भएको हुन सक्छ ।”
रासस































प्रतिक्रिया