एकैदिन थपिए ४ लाख ३६ हजार संक्रमित

एकैदिन थपिए ४ लाख ३६ हजार संक्रमित

केन्द्रबिन्दु
0
Shares

विश्वमा पछिल्लो २४ घण्टाभित्र चार लाख ३६ हजार १३२ जना कोरोना सक्रमित थपिएका छन् । सोही अवधिमा पाँच हजार २९९ जनाको मृत्यु भएको छ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या चार करोड ६८ लाख चार हजार ३९ र मृत्यु हुनेको संख्या १२ लाख पाँच हजार ४३ पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी ७० हजार ९१६ जन छन् । सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण ३९९ जनाले ज्यान गुमाएका हुन्।

भारतमा पछिल्लो २४ घण्टाभित्र ४६ हजार ४४१ नयाँ संक्रमित थपिएका छन् । त्यहाँ थप ४९३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

फान्समा ४६ हजार २९० नयाँ संक्रमित थपिएका छन् भने २३१ जनाको मृत्यु भएको छ।  रसियामा १८ हजार ६६५ जना नयाँ संक्रमित थपिएका छन् भने २४५ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांक छ।

Logo