केन्द्रबिन्दु सम्बाददाता 

अर्घाखाँची, २० असोज । "/>

अर्घाखाँचीमा बस दुर्घटना: मृतकको संख्या ३ पुग्यो, घाइतेलाई काठमाडौँ ल्याईदै

अर्घाखाँचीमा बस दुर्घटना: मृतकको संख्या ३ पुग्यो, घाइतेलाई काठमाडौँ ल्याईदै

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता 

अर्घाखाँची, २० असोज । अर्घाखाँचीको मालारानि वडा नम्वर ३ मा बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने ६० जना घाइते भएका छन् । बस सडकबाट २०० मिटर तल खसेर दुर्घटना भएको हो । 

डाडाँकटेरीबाट संन्धीखर्कका लागि छुटेको लु १ ख ७७७८ नम्बरको बस सापडाँडामा दुर्घटना भएको हो । ज्यान गुमाउनेमध्ये ९ बर्षीय अभियान आचर्यको मात्र सनाखत भएको छ । अन्य दुई जनाको सनाखत हुन् सकेको छैन । अहिले त्यहा स्थानीय र प्रहरीले उद्धारको काम गरिरहेको छ ।

घाइतेहरुलाई जिल्ला अस्पताल सन्धिखर्कमा लागिएको छ । गम्भीर घाइते २० जनालाई हेलिकप्टरबाट काठमाडौँ ल्याउने तयारी भैरहेको प्रहरीले जनाएको छ । बस गुडेको बाटो नयाँ भएको र बाटो भासिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Skip This
Skip This
Logo