उदयपुर,२०, असोज

उदयपुरको कटारी, घुर्मी हुँदै हर्कपुर भएर ओखलढुंगा तथा जयरामघाट हलेसि, खोटाङ सम्म सञ्चालन हुने सिद्धिचरण लोकमार्ग क्षेत्रमा दशैँको समयको मौका छोपेर यातायात व्यवसायीले सवारीसाधनको माथि छतमा समेत क्षमता भन्दा बढी यात्रु राख्ने गर्नाले यात्रुको ज्यान जोखिममा पार्न थालेको छ । "/>

सिद्धिचरण लोकमार्गमा सवारी धनीको दादागीरी , मनलाग्दी भाडा असुली

सिद्धिचरण लोकमार्गमा सवारी धनीको दादागीरी , मनलाग्दी भाडा असुली

केन्द्रबिन्दु
0
Shares

उदयपुर,२०, असोज

उदयपुरको कटारी, घुर्मी हुँदै हर्कपुर भएर ओखलढुंगा तथा जयरामघाट हलेसि, खोटाङ सम्म सञ्चालन हुने सिद्धिचरण लोकमार्ग क्षेत्रमा दशैँको समयको मौका छोपेर यातायात व्यवसायीले सवारीसाधनको माथि छतमा समेत क्षमता भन्दा बढी यात्रु राख्ने गर्नाले यात्रुको ज्यान जोखिममा पार्न थालेको छ ।

यस क्षेत्रमा सञ्चालन हुने साना तथा ठूला सवारीका साधनले समेत जबर्जस्ती यात्रुलाई गाडीभित्र कोच्ने र छत माथि समेत राखेर यातायातका साधन सञ्चालन गर्न थालेपछि केही यात्रु बसको छतबाट खसेर गम्भीर घाइते भएका छन् भने कतिपयको जीवन नै जोखिममा पर्न थालेको हर्कपुरका इन्द्रनारायण श्रेष्ठ बताउँछन् । भिरालो, एकतर्फि कच्ची सडक भएको र त्यसमा पनि गाडी भित्र र माथि छतमा समेत दोब्बर यात्रु राखेर सवारीसाधन सञ्चालन हुने गर्नाले कुनै पनि बेला सवारी दुर्घटना भइहाले धेरै यात्रुको ज्यान जाने अवस्था रहेको खोटाङ तुवाचुङ नगरपालिका–४ का युवराज राईले बताए ।

पाँचसय देखि एक हजार सवारी भाडा निर्धारण गरेको ठाउँमा अहिले दुई हजार भन्दा बढी सवारी भाडा तिर्नु पर्ने नत्र गाडीबाट सवारी चालकले जबर्जस्ती झारी दिने गरेको समेत हर्कपुरकै अर्का यात्री इन्दिरा राईको गुनासो छ । करिब एक महिना देखि यस लोकमार्ग क्षेत्रमा यातायात व्यवसायीले मनपरि सवारी भाडा लिने र बढी यात्रु राखेर सवारीसाधन सञ्चालन गर्ने गरेको भएता पनि अहिले सम्म सम्बन्धित निकायबाट यसको कुनै कारबाही नभएको हलेसी च्यास्मीटार उच्चमाविका शिक्षक बुद्धराज ढकाल बताउँछन् । यता सम्बन्धित यातायात व्यवसायी संघले भने मनपरि सवारी भाडा लिने जो कोही सवारी सञ्चालकलाई थाहा पाए तत्काल कारबाही गर्ने बताउने गरेको छ । घुर्मीमा अहिले केही समयको लागि अस्थायी ट्राफिक प्रहरी पोष्ट र प्रहरी चौकी रहेको भएता पनि यातायात व्यवसायीले प्रहरीको वास्तै नगरी क्षमताभन्दा बढी यात्रु बोक्ने र सवारी भाडा मनपरि लिने कार्य झनै बढ्दै गएको यस क्षेत्रमा सवार आम यात्रुको गुनासो बढ्दै जान थालेको छ ।
रासस

Logo