काठमाडौं,२०, असोज

धनुषास्थित ढल्केवरमा निर्माणाधीन अवस्थामा रहेको नेपाल विद्युत् प्राधिकरणको सव स्टेसन निर्धारित समयमा सम्पन्न नहुने भएपछि आउँदो हिउँदमा लोडसेडिङको तालिका आउने सङ्केत देखा परेको छ । "/>

आगामी हिउँदमा लोडसेडिङ हुन सक्ने !

आगामी हिउँदमा लोडसेडिङ हुन सक्ने !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,२०, असोज

धनुषास्थित ढल्केवरमा निर्माणाधीन अवस्थामा रहेको नेपाल विद्युत् प्राधिकरणको सव स्टेसन निर्धारित समयमा सम्पन्न नहुने भएपछि आउँदो हिउँदमा लोडसेडिङको तालिका आउने सङ्केत देखा परेको छ । ढल्केवर सव स्टेसन निर्माण सम्पन्न नभएपछि आगामी हिउँदको लोडसेडिङलाई दृष्टिगत गरी भारतबाट ल्याउने भनिएको थप ५५ मेगावाट बिजुली नेपाल भित्रिन नसक्ने अबस्थाले यस्तो सङ्केत देखा परेको हो । मुजफ्फरपुर–ढल्केवर प्रशारण लाइनबाट नेपालले २०० मेगावाट बिजुली आयात गर्ने योजना बनाएको थियो । गतवर्षको हिउँदमा यो प्रशारण लाइनबाट करिब १४५ मेगावाट बिजुली आयात गरिएको थियो । बिभिन्न नाका भएर गतवर्ष भारतबाट ३८५ मेगावाट जति आयात गरेको नेपालले ढल्केवर सहित यसवर्षको हिउँदमा ४८० मेगावाट ल्याउने तयारी गरिरहेको थियो ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार २२० केभी क्षमताको सव स्टेसन निर्माणका लागि ठेक्का सम्झौता भएको चिनियाँ कम्पनी सेन्ट्रल चाइना पावर ग्रीड (सीपीपीजी) ले सन्तोषजनक काम नगरेपछि उससँगको ठेक्का सम्झौता तोडिएको छ । अर्को ठेक्का प्रक्रिया गर्न लामो समय लाग्ने भएकाले प्राधिकरणलाई आगामी हिउँदको समयमा यस्तो चुनौती थपिएको हो ।
गोरखापत्रबाट

Logo