काठमाडौँ, १९, असोज
नेपालमा खाना पकाउने एलपीजी ग्याँसको आयात बर्सेनि बढ्दै गएको छ । शहरीक्षेत्रमा मात्र नभएर गाउँ गाउँमा समेत ग्याँसको खपत बढ्दै गएकाले पनि आयात सोही अनुसार बढ्दै गएको हो ।
नेपाल आयल निगमका अनुसार आर्थिक वर्ष २०७१/०७२ मा दुई लाख ५९ हजार ९ सय मेट्रिक टन ग्याँस आयात भएकोमा आव ०७३/०७४ मा आएर ३ लाख १४ हजार आठ सय मेट्रिक टन आयात भएको छ । आर्थिक वर्ष ०७२/७३ मा भारतले गरेको नाकाबन्दीका कारण २ लाख १७ हजार मेट्रिक टन आयात भएको थियो । निगमका अनुसार गएको वर्ष खाना पकाउने ग्याँस आयात गर्नका लागि १९ अर्ब भन्दा बढी रकम बाहिरिएको छ । अत्यावश्यक वस्तुको रुपमा रहेको ग्याँसको खपत बढ्दै गएकाले पनि आयातदर बर्सेनि बढ्दै गएको हो । निगमका अनुसार आर्थिक वर्ष ०७३/०७४ मा १९ अर्ब ४८ करोड ९७ लाख ८८ हजार रुपैयाँ बराबरको ३ लाख १४ हजार आठ सय पाँच मेट्रिक टन ग्याँस आयात भएको छ ।
कारोबारबाट





























प्रतिक्रिया