काठमाडौँ, १९, असोज
देशको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार बिहान जहाजबाट धुँवाको मुस्लो आए पछि १५ मिनेट बन्द भयो। "/>

जहाजबाट धुँवा आएपछि १५ मिनेट विमानस्थल बन्द

जहाजबाट धुँवा आएपछि १५ मिनेट विमानस्थल बन्द

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, १९, असोज
देशको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार बिहान जहाजबाट धुँवाको मुस्लो आए पछि १५ मिनेट बन्द भयो। बिहान करिब १० बजे तिर इथियोपियन एयरलाइन्सको जहाजबाट एक्कासी धुवाँको मुस्लो आएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता विरेन्द्र श्रेष्ठले बताए।

जहाजबाट धुवाँको मुस्लो आउना साथ १५ मिनेट विमानस्थलको सबै मुमेन्ट बन्द गरेको श्रेष्ठले स्पष्ट पारेका छन्। जहाजबाट धुवाँको मुस्लो आए लगतै विमानस्थलमा रहेको एयर फाइटरको टोली सहित दमकल तयारी अवस्थामा राखिएको उनले जानकारी दिए। नेपालबाट शान्ति सेनामा जाने नेपाली सेना लिन आएको इथियोपियन एयर (संयुक्त राष्ट्र संघ) को जहाजमा एक्कासी धुँवा निस्केको थियो। जहाजको सहायक पावर बैंक इन्जिनमा समस्या आए पछि धुवाँ आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । जहाज दिँउसो सवा १२ बजे नै मर्मत गरेर उडिसकेको छ ।

अन्नपूर्णपोष्टबाट

Skip This
Skip This
Logo