पोखरा, १८, असोज

जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पोखरा लेखनाथ महानगरपालिका– १४ छिनेडाँडा शान्ति टोलबाट पाँचजना जुवाडेलाई मंगलबार पक्राउ गरेको छ । "/>

पाँचजना जुवाडे पक्राउ , ३४ हजार ३४८ बरामद

पाँचजना जुवाडे पक्राउ , ३४ हजार ३४८ बरामद

केन्द्रबिन्दु
0
Shares

पोखरा, १८, असोज

जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पोखरा लेखनाथ महानगरपालिका– १४ छिनेडाँडा शान्ति टोलबाट पाँचजना जुवाडेलाई मंगलबार पक्राउ गरेको छ । उनीहरुको साथबाट ३४ हजार ३४८ बरामद गरेको छ । स्थानीयवासी विष्णुमाया तामाङको घरबाट जुवा खेलिरहेका सुराकीको आधारमा पक्राउ पर्नेमा पोखरा १४ छिनेडाँडाका मनोज तामाङ, वुद्धिमान तामाङ, हरिदेव शर्मा र राजकुमार गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खडकबहादुर खत्रीले जानकारी दिए ।

यसैगरी पोखराबाट काठमाडौं जान लागेका एकजना भारतीय नागरिक पाँच लाख ३२ हजार ५०० भारु सहित पक्राउ परेका छन् । काठमाडौं जान लागेका भारतको पश्चिम बंगाल कोलकताका ३६ वर्षीय कृष्नेदु बेनर्जीलाई अवैद्य भारतीय रुपैयाँसहित पोखरा विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खडकबहादुर खत्रीले जानकारी दिए । थप अनुसन्धान र कारवाहीका लागि पक्राउ परेका व्यक्ति र रकम सहित मंगलबार राजश्व अनुसन्धान विभाग काठमाडौं पठाइएको छ ।
रासस

Logo