असोज,१० ,काठमाडौं
सामान्य अवस्थामा भन्दा दसैंमा चेक क्लियरिङ दोब्बर भएको छ । अन्य समयमा औसतमा ३५ हजार चेक क्लियरिङ गर्ने गरेको नेपाल क्लियरिङ हाउसले दसैं बिदा हुन दुई दिन बाँकी छँदा सोमबार ८० हजार भन्दा बढी चेक क्लियरिङ गरेको हाउसका सञ्चालन निर्देशक मुन्नी राजभण्डारीले बताइन् । ‘दसैंका कारण चेक क्लियरिङ बढेको छ’, उनले भनिन् ‘जति धेरै चेक आए पनि चेक क्लियरिङ गर्न असर पर्दैन ।’ आइतबार हाउसले करिब ६० हजार जति चेक क्लियरिङ गरेको थियो । तर बैंकका ग्राहकले भने दसैंको बेलामा चेक क्लियरिङ नहुँदा समस्या झेलिरहेका छन् । एक साता देखि बैंकले चेक साट्न नसकेको गुनासो ग्राहकले गरेका छन् । दसैंको मुखमा चेक नसाटिँदा अप्ठ्यारो परेको कलंकीमा चेक जम्मा गरेकी प्रेक्षा खनालले बताइन् ।
अन्नपूर्णपोष्टबाट































प्रतिक्रिया