असोज,१० ,काठमाडौं
स्थानीय तहमा संसद्को दोस्रो ठूलो दल एमाले पहिलो बनेको छ । नयाँ संविधान कार्यान्वयनसँगै दुई दशकपछि भएको स्थानीय निर्वाचनको अन्तिम परिणाम आउन बाँकी रहे पनि एमालेले पहिलो दलका रूपमा आफ्नो स्थान सुरक्षित गरेको हो । "/>

संसदमा दोस्रो शक्ति एमाले स्थानीय तहमा पहिलो

संसदमा दोस्रो शक्ति एमाले स्थानीय तहमा पहिलो

केन्द्रबिन्दु
0
Shares

असोज,१० ,काठमाडौं
स्थानीय तहमा संसद्को दोस्रो ठूलो दल एमाले पहिलो बनेको छ । नयाँ संविधान कार्यान्वयनसँगै दुई दशकपछि भएको स्थानीय निर्वाचनको अन्तिम परिणाम आउन बाँकी रहे पनि एमालेले पहिलो दलका रूपमा आफ्नो स्थान सुरक्षित गरेको हो । एमाले र कांग्रेसबीचको अन्तर ३० सिटको छ । झन्डै सात दशक लामो इतिहास बोकेको एमाले स्थानीय तहमा बीस वर्षपछि आफूलाई पहिलो राजनीतिक दलका रूपमा पुनस्र्थापित गर्न सफल बनेको छ । ०५४ को स्थानीय निर्वाचनमा ४७ प्रतिशत मत सहित ७५ प्रतिशत स्थानीय निकाय प्रमुख जितेर एमाले पहिलो दल बनेको थियो ।

७ सय ५३ स्थानीय तह मध्ये एमालेले महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिका सहित २ सय ९३ तहका प्रमुखमा जितेको छ । संसद्को ठूलो दल कांग्रेस भने स्थानीय तहको निर्वाचनमा दोस्रो स्थानमा धकेलिएको छ । स्थानीय तहको पहिलो चरण निर्वाचनमै एमाले भन्दा पछि परेको कांग्रेसले दोस्रो र तेस्रो चरणमा आफ्नो अवस्था सुधार गर्ने दाबी गर्दै आएको थियो । कांग्रेस एमाले भन्दा ३० तहले पछि छ । कांग्रेसले जम्मा २ सय ६३ तहको प्रमुख जितेको छ । तेस्रो स्थान माओवादी केन्द्रले पक्का गरेको छ । उसले हाल सम्म १ सय ६ स्थानीय तहको प्रमुखमा चुनाव जितेको छ । चौथो स्थानमा संघीय समाजवादी फोरम रहेको छ । उसले २८ तहमा जित निकालिसकेको छ भने राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले २४, फोरम लोकतान्त्रिकले ९ र अन्य दलले २३ सिट जितेका छन् ।
नागरिकबाट

Logo