असोज,१० ,काठमाडौं
सोमबार सभामुख ओनसारी घर्ती मगरले संसदमा गणपूरक संख्या नपुर्‍याई जबर्जस्ती देवानी संहिता विधेयक पारित गरेको घटनालाई सांसदहरुले प्रजातन्त्र हरणको रुपमा टिप्पणी गरेका छन् । "/>

सभामुखद्वारा प्रजातन्त्रको अपहरण : सांसदहरु

सभामुखद्वारा प्रजातन्त्रको अपहरण : सांसदहरु

केन्द्रबिन्दु
0
Shares

असोज,१० ,काठमाडौं
सोमबार सभामुख ओनसारी घर्ती मगरले संसदमा गणपूरक संख्या नपुर्‍याई जबर्जस्ती देवानी संहिता विधेयक पारित गरेको घटनालाई सांसदहरुले प्रजातन्त्र हरणको रुपमा टिप्पणी गरेका छन् । नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले गणपूरक संख्याबारे ध्यानाकर्षण गराए पनि सभामुखले जबर्जस्ती गरेको बताए।

सभामुखले छलछाम गरी विधेयक पारित गराउनु भयो, सुवालले भने, हामीले प्रश्न उठाए पनि उहाँले गणना गर्नै मान्नु भएन। सभामुखले प्रजातन्त्र खोसेर देवानी कार्यविधि संहिता पारित गराउने काम भयो। उनलेनिरंकुष्शतापूर्वक विधेयक पारित गराएको भन्दै विधि सम्मत तरिकाले संसद सञ्चालन हुनुपर्ने बताए। संसदको गणपूरक संख्या १४८ हो। १२१ सांसद उपस्थित भएको बैठकबाट सभामुखले जबर्जस्ती विधेयक पेश गरी पारित गरेकी थिइन्। विधेयक पारित गर्न गणपूरक संख्या नरहेकोबारे सुवालले संसद हलभित्र प्रश्न उठाएका थिए। सभामुखले त्यसलाई बेवास्ता गर्दै अघि बढेकी थिइन् ।
नागरिकबाट

Logo