वन्यजन्तु ओसारपसारका दश अपराधी पक्राउ

वन्यजन्तु ओसारपसारका दश अपराधी पक्राउ

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ९ असोज ।

चालु आर्थिक वर्र्षको दुई महिनाकै अवधिमा वन्यजन्तु ओसरपसारमा संलग्न दश अपराधीलाई केन्द्रिय अनुशन्धान ब्युरोले पक्राउ गरेको छ । उनीहरूलाई संरक्षित वन्यजन्तुको शरीरका विभिन्न अंगसहित पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । 

नेपालमा अधिकांश चितुवा, कस्तुरी, बाघ, सालक, कछुवा, हात्ती, गैंडा, मृग, पाटे बाघलगतायका वन्यजन्तुलाई संरक्षित, दुर्लभ, संकटापन्न र साइटिस अन्तरगत सूचीकृत गरिएको छ ।

नेपालमा वन्यजन्तुको शरीरका विभिन्न अंगलाई घरमा सजावटका लागि प्रयोग गरिनेको संख्या बढ्दै गएकाले यसको ओसारपसारमा संलग्न अपराधीहरूको पनि संख्यामा वृद्धि भएको ब्युरोले जनाएको छ । वन्यजन्तुको शरीरका विभिन्न अंगलाई औषधीका रूपमा पनि प्रयोग गरिएको पाइएको छ ।

चालु आर्थिक वर्ष २०७४-०७५ को साउन र भदौ गरी २ महिनाको अवधिमा उक्त दशजनालाई विशेष सूचनाको आधारमा उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए ।

पक्राउ पर्नेमा दोलखा मेलुङ गाउँपालिका–१ का खम्बबहादुर लुकाई, हाल लालितपुर महानगरपालिका–१५ बस्ने रमेश राई भन्ने भगीरथ राई, पाल्पा तानसेन नगरपालिका–११ का धिरज रानाभाट, सिन्धुली मरीन गाउँपालिका–१ का विजय भोलान, नुवाकोट किस्पाङ गाउँपालिका–४ का बुद्धि तामाङ, जुम्ला शनी गाउँपालिका–५ का प्रकाश रावत क्षेत्री, ओखलढुङ हाल लिखु गाउँपालिका–४ का सुवास सुवेदी, साविक मकवानपुर गढी गाउँ विकास समिति–१ का वीरबहादुर स्याङतान, लालितपुर नल्लु गाउँ विकास समिति–७ का कान्छा लामा र हाल कैलाली बलिया गाउँपालिका–५ बस्ने प्रेमबहादुर शाही गरी १० जना रहेको उपरीक्षक श्रेष्ठले बताए । 

दुई महिनाको अवधिमा वन्यजन्तु ओसारपसारमा संलग्न उक्त दशजनाबाट मृत सालक, चितुवाको छाला, सालकको खपटा र कस्तुरीको बिनालगायतका विभिन्न अंग बरामद गरिएको ब्युरोले जनाएको छ ।

पक्राउ गरिएका सबैलाई आवश्यक कानुनी कारवाहीका लागि सम्बन्धित जिल्ला वन कार्यालयमा बुझाइएको ब्युरोले जनाएको छ ।

Skip This
Skip This
Logo