वीरगंज,९, असोज
वीरगंज महानगरका ३२ वडा मध्ये १८ वटा वडाको अन्तिम नतिजा आइसकेको छ । सोमबार बिहान २ बजेपछि मतगणना सुचारु भएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहान ३ बजे सार्वजनिक गरेको परिणाम अनुसार ५७२३० मत गनि सक्दा पनि नेपाली कांग्रेसलाई पछि पार्दै संघीय समाजवादी फोरम नेपालले अग्रता कायमै राखेको छ ।
मेयरमा फोरम नेपालका उम्मेदवार विजय सरावगीले १३२५९ मत पाएका छन् । दोश्रो स्थानमा रहेका मेयरमा काँग्रेसका उम्मेदवार अजय द्विवेदीले १२६३१ मत ल्याएका छन्। तेस्रो स्थानमा रहेका राजपाका राजेशमान सिंहले ८३३६ मत ल्याएका छन् । नेकपा एमालेका बसरुद्धिन अन्सारी ६३९१ मतका साथ चौथो स्थानमा र नेकपा माओवादी केन्द्रका रहबर अन्सारी ५७०३ मतका साथ पाचौ स्थानमा छन् । नेपाल लोकतान्त्रिक फोरमका विमल श्रीवास्तव भने ५०८५ मतका साथ छैठौं स्थानमा छन् । यहाँ ८४ हजार मत खसेको थियो ।
अन्नपूर्णपोष्टबाट





























प्रतिक्रिया