काठमाडौं,९, असोज
गएको सोमबार सम्पन्न तेस्रो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत अब केही स्थानको मात्र अन्तिम मतपरिणाम आउन बाँकी छ । अधिकांश तहको परिणाम आइसक्दा दलहरुको स्थिति लगभग टुंगो लागेको छ । १०० सिट जित्ने दाबी गरेको कांग्रेस २ नम्बर प्रदेशमा पहिलो पार्टी त बनेको छ तर सिट ४० पनि नकटाउने देखिएको छ ।
कांग्रेस जनकपुर उपमहानगरपालिकामा राष्ट्रिय जनता पार्टीसँग १० हजार मतअन्तरले पराजित हुन पुग्यो भने नतिजा आउन बाँकी वीरगञ्ज महानगरपालिकामा पनि जितका लागि ढुक्क हुन सक्ने अवस्था छैन । त्यसैगरी २ नम्बर प्रदेशमा आफू नै पहिलो पार्टी बन्ने दाबी गरेका नेकपा एमाले, माओवादी, संघीय समाजवादी फोरम, राजपा ३० सिट भन्दा कममै चित्त बुझाउन बाध्य भए । ४ नम्बर प्रदेश बाहेक यसअघि पहिलो दल बनेको एमाले त झन् पाँचौं दलमा सीमित हुन पुग्यो । यद्यपि देशभरकै नतिजामा भने एमाले करिब ३० सिटले अगाडि नै रह्यो भने कांग्रेसले एमालेसँगको सिट अन्तर ५० बाट ३० मा झार्न सफल भयो । २ नम्बर प्रदेशका एक महानगरपालिका, ३ उपमहानगरपालिका सहित १३६ स्थानीय तह र १ हजार २७१ वडाबाट ६ हजार ६२७ पदका लागि निर्वाचन भएको थियो । जसका लागि करिब ३६ हजारको उमेदवारी परेको थियो । २ नम्बर प्रदेशका २६ लाख ६४ हजार ९५० मतदातामध्ये करिब ७७ प्रतिशतले निर्वाचनमा भाग लिएका थिए ।
कारोबारबाट





























प्रतिक्रिया