हेटौंडा, ९, असोज
आरोग्यका लागि खानपान शुद्धी, जडिबुटी उत्पादन, प्रशोधन र बिक्री बितरण जस्ता सामाजिक उद्यम विकासको क्षेत्रमा क्रियाशील ओम आरोग्य उपभोक्ता सहकारी संस्थाको प्रवद्र्धनमा सशुल्क जुसपान शुरु भएको छ ।
जुसपान जीवनदान समूहबाट भुवनेश्वर पशुपति मन्दिर नजिक सेवाकेन्द्रबाट सर्वगुनी र विज्ञानले हरितरक्त मानिएको जमराको जुस सेवा आरम्भ गरिएको हो । दैनिक विहान ६ देखि ९ बजे सम्म ३० मिलि जमराको जुसको मूल्य ४० तथा मासिक १ हजार तोकिएको छ । यस्तो प्रकारको जुसमा अधिकमात्रामा अक्सिजन हुने भएकाले यसले हाम्रो शरीरमा भएका ब्याक्टेरियाहरुसँग लड्न मद्धत गर्ने हेटौंडा उपमहानगरपालिकाका अधिकृत बीके महर्जनले बताए । गहुँको जमरा क्लोरोफिलको राम्रो स्रोत हो । जमराको रसले पाचन क्षमता बढाउँछ । यसले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । शरीरमा जम्मा भएको विकार तथा विजातीय तत्वहरुलाई बाहिर निकाल्ने काम पनि यसले गर्ने महर्जनको भनाइ छ । घाँटीको समस्या हुने तथा धेरै बोल्न नमिल्नेहरुले जमरा सेवन गर्न सक्छन् । यसले मुख तथा दाँतको समस्या पनि हटाउँछ । जमराको रसले मालिस गर्दा छालाको रोग त हट्छ नै, साथै त्यसमा निखार पनि आउँछ । गहुँको जमराको रसको सेवनले रगत शुद्ध बनाउँछ ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया