वीरगन्ज,९, असोज
बोक्सीको आरोपमा एक जना महिला अधिकारकर्मी नै कुटपीटको शिकार भएकी छन्। जिल्ला महिला अधिकार मन्च पर्साको अध्यक्ष समेत रहेकी ५५ वर्षीया राजकुमारी उपाध्यायलाई उनकै छिमेकीले बोक्सीको आरोपमा कुटपीट गरेका हुन्। "/>

बोक्सीको आरोपमा महिला अधिकारकर्मीमाथि नै कुटपिट

बोक्सीको आरोपमा महिला अधिकारकर्मीमाथि नै कुटपिट

केन्द्रबिन्दु
0
Shares

वीरगन्ज,९, असोज
बोक्सीको आरोपमा एक जना महिला अधिकारकर्मी नै कुटपीटको शिकार भएकी छन्। जिल्ला महिला अधिकार मन्च पर्साको अध्यक्ष समेत रहेकी ५५ वर्षीया राजकुमारी उपाध्यायलाई उनकै छिमेकीले बोक्सीको आरोपमा कुटपीट गरेका हुन्। बहुविवाह, लैंगिक हिंसा, महिला हिंसा र बोक्सीको आरोपमा सयौं महिलालाई उद्धार गरेकी उपाध्‍याय यस पटक भने आफैं कुटपीट र मानसिक यातना भोग्‍न बाध्‍य भएकी हुन्। उनी झण्डै डेढ दशकदेखि महिला अधिकारको क्षेत्रमा काम गर्दै आएकी छिन्।

वीरगन्ज महानगरपालिका वडा नम्बर ८ पानीट्यांकी स्थित एक घरमा डेरा लिएर बस्दै आएकी उपाध्यायलाई आइतवार बिहान एक, डेढ बजेतिर उनका छिमेकीहरुले बोक्सीको आरोपमा कुटपिट गर्दै कोठामा दुई , तीन घण्टा थुनेर मानसिक यातना दिए। डेरामा बस्दै आएकी उपाध्यायलाई घरमै पुगेर २० बर्षीया सरिता श्रेष्ठ, उनकी दिदी २४ बर्षीया सोनु कार्की, सोनुका पति चितवन घरभई काठमाण्डौमा कार्यरत सशस्त्र प्रहरी जवान योगेन्द्र कार्की, ३५ बर्षिया प्रीति गुरुङ , उनका पति सुनिल मगर र उनकी छोरी १५ बर्षीया जिया गुरुङले उपाध्यायलाई बोक्सीको आरोप लगाउदै कुटपिट गरेका हुन्।
अन्नपूर्णपोष्टबाट

Logo