काठमाडौं ,८, असोज
राष्ट्रकवि माधवप्रसाद घिमिरे ९९ वर्षमा प्रवेश गरेका छन् । प्रकृतिका सुन्दर फूललाई गीत र कविता मार्फत अझ सुन्दर मालामा उनेर मानव मुटुमा सजाइदिन सक्ने राष्ट्रकवि घिमिरे आफ्नो दीर्घ जीवनको रहस्य प्रकृति, फूल, हरियाली रमणीय र हराभरा परिवेशलाई मान्छन् । चराका चिरबिरलाई काव्यको भाषामा रूपान्तरण गर्ने शिल्पी घिमिरेले परिष्कारवादी काव्य धारलाई सशक्त बनाए । प्रत्येक वाक्य र बोलीलाई गीत बनाउन सक्ने गीति कवि घिमिरेले गीतबाटै चर्चित नाटक पनि लेखेका छन् । यसरी उनको जीवन नै गीत र कविताको सङ्ग्रह र महाकाव्य आकारको सङ्ग्रह बनेको छ । विसं १९९२ मा १४ वर्षको उमेरमा ज्ञानपुष्प शीर्षकको कविता गोरखापत्रमा छपाएर काव्ययात्रा यात्रा सुरु गरेका घिमिरे शनिबारबाट ९९ वर्षमा प्रवेश गरेका छन् ।
गोरखापत्रबाट





























प्रतिक्रिया