सिन्धुली, ७ ,असोज
स्थानीय तहको निर्वाचन सम्पन्न भएको लामो समय बितिसक्दा पनि ६ सय ५४ उम्मेदवारले अझै निर्वाचन खर्च बुझाएका छैनन् । "/>

सिन्धुलीमा बुझाएनन् ६५४ उम्मेदवारले निर्वाचन खर्च

सिन्धुलीमा बुझाएनन् ६५४ उम्मेदवारले निर्वाचन खर्च

केन्द्रबिन्दु
0
Shares

सिन्धुली, ७ ,असोज
स्थानीय तहको निर्वाचन सम्पन्न भएको लामो समय बितिसक्दा पनि ६ सय ५४ उम्मेदवारले अझै निर्वाचन खर्च बुझाएका छैनन् । निर्वाचन आयोगले जिल्ला समन्वय समितिको निर्वाचन भन्दा अगाडि हिसाब विवरण बुझाउन ताकेता गर्दा ४५.५४ प्रतिशत उम्मेदवारले मात्र विवरण बुझाएका छन् । दुई नगरपालिका र सात गाउँपालिका रहेको जिल्लामा गत वैशाख ३१ गते पहिलो चरण अन्तर्गत स्थानीय तहको निर्वाचन भएको थियो । स्थानीय तह निर्वाचन अन्तर्गत निर्वाचन सकिएको ३५ दिन भित्र उम्मेदवारले खर्च विवरण आयोगलाई बुझाउनुपर्ने हुन्छ ।
सिन्धुलीमा विभिन्न पदमा एक हजार तीन सय ३६ जनाले उम्मेदवारी दर्ता गराएका थिए । ती सबै दललाई निर्वाचन कार्यालयले खर्च बुझाउन ताकेता गरिरहेको छ । पैंतीस दिनभित्र निर्वाचन खर्च विवरण बुझाउन जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका दल सबैलाई पत्राचार गरिए पनि सबै दलले नबुझाएको जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीले बताए । स्थानीय तह निर्वाचन ऐनको दफा ३१ को १ मा “राजनीतिक दल वा उम्मेदवारले निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी र खर्चको विवरण प्रचलित संघीय कानून बमोजिम आयोगले तोकेको कार्यालयमा बुझाउनु पर्ने छ” लेखिएको छ । दफा ३१ कै उपदफा ३ मा “आयोगले उपदफा १० बमोजिम विवरण नबुझाउने राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन आयोग सम्बन्धी प्रचलित संघीय कानूनबमोजिम जरिवाना गर्न सक्नेछ” व्यवस्था छ ।

रासस

Logo