ताप्लेजुङ, असोज, ७
ताप्लेजुङ सदरमुकाममा विष्णु न्यौपानेले खोलेको चिया पसलमा दैनिक १५ कप पनि चिया बिक्दैन । डिस होम, रेडियो, टिभि, लगायतका ईलेक्ट्रोनिक सामान बेच्ने महेन्द्र खतिवडा बिक्रि ठप्प हुँदा पसल बेच्ने मोडमा पुगेका छन् । "/>

अलैँचीको मुल्य घटेपछि पुर्वमा आर्थिक मन्दी

अलैँचीको मुल्य घटेपछि पुर्वमा आर्थिक मन्दी

केन्द्रबिन्दु
0
Shares

ताप्लेजुङ, असोज, ७
ताप्लेजुङ सदरमुकाममा विष्णु न्यौपानेले खोलेको चिया पसलमा दैनिक १५ कप पनि चिया बिक्दैन । डिस होम, रेडियो, टिभि, लगायतका ईलेक्ट्रोनिक सामान बेच्ने महेन्द्र खतिवडा बिक्रि ठप्प हुँदा पसल बेच्ने मोडमा पुगेका छन् । सदरमुकाम फुङ्लिङका अन्य व्यवसायिहरु दशैको सिजनमा पनि आर्थिक मन्दि छाउँदा व्यवसायनै परीवर्तन गर्ने सोचमा पुगेका छन् ।

दुई वर्ष अघि प्रति मन (४० किलो) एक लाख नाघेको अलैंचीको मूल्यमा गिरावट आएकै कारण दशैंको मुखमा समेत व्यवसाय खस्किएको उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दिनेश अधिकारीको दावि छ । सरकारी कार्यालय नजिकै चिया पसल खोलेका न्यौपानेले पहिले दैनिक ३० देखि ४० कप चिया बेच्ने गरेकोमा अहिले आएर आधाले विक्रि घटेको बताए ।  ताप्लेजुङका स्थानियको मुख्य आम्दानिको स्रोत मानिएको अलैचिको भाउ गतवर्षबाट लगातार घटेर मनको ३०/३५ हजारमा झरे पछि सबै तिर यसको असर परेको हो । न्यूनतम २/४ मन अलैचि फलाउने कृषकहरुले पनि मनको एक लाख बढि हुँदा सिजनको ४/५ लाख आम्दानि गर्दै आएकोमा अहिले मुस्किलले ६० हजार देखि एक लाख सम्म मात्र आम्दानि गर्दा बालबच्चा पढाउन देखि दैनिकि गुजार्न समेत मुस्किल पर्ने भएकाले पहिले जस्तो बजार गएर सामाग्रि खरिद गर्ने अबस्था नभएको आठराई त्रिवेणि गाउँपालीकाका नवराज सिटौला बताउँछन् ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo