काठमाडौं, ७, असोज
नयाँबानेश्वर बेकरी क्याफे अगाडि सडकमा बिहीबार राति कार र मोटरसाइकल आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक व्यक्तिको मृत्यु भएको छ । "/>

नयाँबानेश्वरमा कार र मोटरसाइकल ठक्कर खाँदा एकको मृत्यु

नयाँबानेश्वरमा कार र मोटरसाइकल ठक्कर खाँदा एकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ७, असोज
नयाँबानेश्वर बेकरी क्याफे अगाडि सडकमा बिहीबार राति कार र मोटरसाइकल आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक व्यक्तिको मृत्यु भएको छ । बा १५ च ५४३१ नम्बरको कार र बा ५८ प १६६२ नम्बरको मोटरसाइकल जुध्दा भक्तपुर सिरुटार नगरपालिका–१ बस्ने २६ बर्षीय मन्जित राउतको मृत्यु भएको हो । सो दुर्घटनामा मोटरसाइकल चालक भक्तपुर सिरुटार नगरपालिका–१ बस्ने ३० वर्षीय सुभाष राउत गम्भीर घाइते भएका छन् । कार र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार कार चालकको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
राजधानीबाट

Logo