केन्द्रबिन्दु डेस्क । काठमाडौं, ६ असोज ।
गत साता सम्पन्न प्रदेश २ को स्थानीय तह निर्वाचनको मतपरिणाम क्रमशः आउँदै गएको सन्दर्भमा तुलनात्मक हिसाबले पाँच दलले आफ्नो बलियो उपस्थिति देखाइरहेका छन् ।
अहिलेसम्म सार्वजनिक मतपरिणामअनुसार नेपाली कांग्रेसले सुरुदेखि कायम गरेको अग्रता अझै यथावत् नै राखेको छ । संकेतहरू हेर्दा कांग्रेस नै प्रदेश २ को ठुलो दलका रूपमा उदाउने पूर्ण सम्भावना देखिँदै छ ।
कांग्रेसपछि दोस्रो स्थानको प्रतिस्पर्धामा तीन दल देखा परिरहेका छन्– नेकपा माओवादी केन्द्र, उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र मधेसवादी राष्ट्रिय जनता दल (राजपा)।
अहिलेसम्मको मतपरिणामले माओेवादी केन्द्रलाई दोस्रो स्थानमा देखाइरहेको छ तापनि राजपा र फोरमले बराबर स्थानमा विजय हासिल गरी संयुक्त तेस्रो स्थानमा रहँदै माओवादी केन्द्रलाई सशक्त चुनौती पेस गरिरहेका छन् ।
प्रथम दुई चरणका निर्वाचनमा पहिलो शक्ति बन्न सफल नेकपा एमाले भने हालसम्म पाँचौं स्थानमा देखिएको छ । संकेतहरू हेर्दा मतपरिणाम समाप्त हुँदा पनि एमाले यही पाँचौं स्थानमै कायम रहने सम्भावना बलियो छ ।
यी प्रमुख दलबाहेक नेपाल लोकतान्त्रिक फोरम, नेपाली जनता दल, राष्ट्रिय प्रजातान्त्रि पार्टी र केही स्वतन्त्र उम्मेदवारले पनि आफ्नो सामान्य उपस्थिति देखाएका छन् ।
प्रमुख दलहरूको अवस्था :
नेपाली कांग्रेस – २० विजय (अग्रता–१९)
नेकपा माओवादी केन्द्र – १३ विजय (अग्रता–१०)
संघीय समाजवादी फोरम – १० विजय (अग्रता–१५)
राष्ट्रिय जनता दल – १० विजय (अग्रता–१३)
नेकपा एमाले – ८ विजय (अग्रता–११)
नेपाल लोकतान्त्रिक फोरम – २ विजय
नेपाली जनता दल – १ विजय































प्रतिक्रिया