राजविराज, ६,असोज
राजविराज नगरपालिका वडा नं १५ मा हिजो शान्तिपूर्ण रुपमा तेस्रो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । प्रहरीको बाक्लो उपस्थितिमा दुई मतदान केन्द्रमा एक हजार २९२ जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेश ठाकुरले बताए । त्यहाँ एक हजार ६३९ जना मतदाता थिए ।
मतदान केन्द्रका मतपेटिका निर्वाचन सकिए लगत्तै सदरमुकाम राजविराज स्थित खेलकुद विकास कार्यालयमा लगिसकिएको छ । उक्त वडामा भदौ ३१ गते राजपा नेपालका उम्मेदवार महन्थी यादवको मृत्यु भएपछि निर्वाचन स्थगन भएकोमा हिजो बिहान ७ बजे देखि साँझ ५ बजे सम्म मतदान भएको थियो । यादवको मृत्युपछि संशोधित निर्वाचन कार्यक्रम अनुसार राजविराज – १५ मा राजपाका तर्फबाट वडाध्यक्षमा जसकरण मण्डलले असोज ३ गते आफ्नो उम्मेदवारी दर्ता गराएका थिए । यसै बीच सर्वदलीय बैठक बसेर हिजो रातिदेखि राजविराज नगरपालिकाको मतगणना शुरु गरिएको छ । त्यस्तै १७ स्थानीय तहमा पनि असोज २ गतेको निर्वाचनपछि मतगणना जारी रहेको बताइएको छ ।
रासस





























प्रतिक्रिया