काठमाडौं , ६, असोज
नेपाल टेलिकमले विजयादशमीको उपलक्ष्यमा विगतका वर्षमा जस्तै यस वर्ष पनि विशेष छुट अपर ल्याएको छ । "/>

नेपाल टेलिकमको उत्सव अफर

नेपाल टेलिकमको उत्सव अफर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं , ६, असोज
नेपाल टेलिकमले विजयादशमीको उपलक्ष्यमा विगतका वर्षमा जस्तै यस वर्ष पनि विशेष छुट अपर ल्याएको छ । टेलिकमले रिचार्जमा बोनस अन्तर्गत जीएसएम तथा सीडीएमए प्रिपेड मोबाइलमा रिचार्ज कार्ड मार्फत रिचार्ज गर्दा ५ देखि १० असोज सम्म ५०, १००, २००, ५०० र १००० का रिचार्ज कार्डमा १० प्रतिशत बोनस उपलब्ध गराएको छ । त्यसै गरी १० र सो भन्दा बढी एम्पोस मार्फत रिचार्ज गर्दा समेत १० प्रतिशत बोनस उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।

यस्तै युट्युब डाटा प्याकेज अन्तर्गत जीएसएम, प्रिपेड तथा पोस्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज अन्तर्गत १ सय रुपैयाँमा १ जीबी डाटा भोल्युम प्राप्त हुनेछ । यो प्याकेज २१ दिन सम्म प्रयोग गर्न सकिनेछ । त्यसैगरी ६० रुपैयाँमा ५ सय एमबी डाटा भोल्युम १४ दिनका लागि उपलब्ध हुनेछ । यो प्याकेज ५ असोज देखि १९ असोज सम्म लिइसक्नु पर्नेछ ।

Logo