वडा कार्यालयका लागि तीन रोपनी जग्गा दान

वडा कार्यालयका लागि तीन रोपनी जग्गा दान

केन्द्रबिन्दु
0
Shares

इलाम, ५ असोज । इलामको फाकफोकथुम गाउँपालिका–१ ठिंगेपुरका समाजसेवीले वडा कार्यालय स्थापनाका लागि तीन रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन् । स्थानीय समाजसेवी टंकमाया बोहोरा र सरस्वती बोहोराले डेढ/डेढ रोपनी जग्गा निःशुल्क प्रदान गरेका हुन् । 

वडाध्यक्ष टेकवीर लिम्बूको विशेष पहलमा करिब रु पाँच लाख पर्ने तीन रोपनी जग्गा वडा कार्यालयको नाममा पास भइसकेको छ । प्राप्त जग्गामा आगामी कात्तिक महिनादेखि भवन निर्माण प्रक्रिया अघि बढाइने वडाध्यक्ष लिम्बूले बताए । रासस

Logo