न्यूयोर्क, ५, असोज
प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा भाग लिने क्रममा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क पुगेका छन् । "/>

प्रधानमन्त्री देउवा न्यूयोर्कमा

प्रधानमन्त्री देउवा न्यूयोर्कमा

केन्द्रबिन्दु
0
Shares

न्यूयोर्क, ५, असोज
प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा भाग लिने क्रममा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क पुगेका छन् । न्यूयोर्कस्थित जोन अफ केनेडी विमानस्थलमा प्रधानमन्त्री देउवालाई संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई, नियोगका कर्मचारी लगायतले स्वागत गरेका थिए । ‘जनतामा केन्द्रित :दिगो पृथ्वीमा शान्ति र प्रतिष्ठित जीवनका निम्ति प्रयास’ भन्ने मूल विषयका साथ महासभाको उच्चस्तरीय छलफल असोज ३ गते देखि शुरु भएको हो । प्रधानमन्त्री देउवाले असोज ७ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवाले असोज ७ गते राष्ट्र संघका महासचिव एन्टिनियो गुटेरससँग द्विपक्षीय भेटवार्ता गर्ने पनि कार्यक्रम तय भएको छ ।
रासस

Logo