सप्तरी, ५ ,असोज
जिल्लामा स्थानीय तह निर्वाचनको मतगणनाको क्रममा दलहरु वीच अघि पछि हुने क्रम जारी नै छ । मतगणना सुरु भएको पहिलो दिन मंगलबार अगाडि रहेका उम्मेदबारहरु बुधबार पछाडि परेका छन् । केहि तहमा लगातार अग्रता देखिएको छ । हिजो साँझ सम्मको नतिजा अनुसार काँग्रेस ६ तहमा र फोरम नेपालले ५ तहमा अग्रता लिएको छ ।
जिल्लाको सप्तकोशी नगरपालिकामा एमालेले लगातार अग्रता लिइरहेको छ । बुधबार साँझ सम्मको परिणाम अनुसार सप्तकोशीमा एमालेका मेयर उम्मेदवारले २००२ मत ल्याएर अग्रस्थानमा छन् । त्यहाँ माओवादी केन्द्रले १३२० र कांग्रेसले ८७१ मत पाएको छ । कंचनरुप नगरपालिकामा कांग्रेसको अग्रता कायमै छ । कांग्रेस ८६६ मत पाउँदै अगाडि देखिएको छ भने एमाले ६ सय ९१ र फोरम नेपालले ५०९ मत पाएको छ । यस्तै खड्ग नगरपालिकामा कांग्रेसको अग्रता छ । पछिल्लो परिणाम अनुसार कांग्रेसले १३४५ मत पाएको छ भने एमाले १२२५ र राजपाले १०२२ मत पाएको छ ।





























प्रतिक्रिया