वीरगन्ज , असोज, ४
प्रदेश नम्बर २ मा रहेको एक मात्र महानगरपालिका वीरगन्जमा कांग्रेसको अग्रता कायमै रहेको छ । १६०० मत गणनापछि सार्वजनिक गरिएको परिणाम अनुसार मेयरमा कांग्रेस उम्मेदवारले ४४६ मत ल्याएका छन् । दोस्रो स्थानमा रहेको राजपाका उम्मेदवारले ३८०, तेस्रो स्थानमा रहेको संघीय समाजवादी फोरमका उम्मेदवारले २४३ मत पाएका छन् । यस्तै माओवादी उम्मेदवारले १७६, फोरम लोकतान्त्रिकका उम्मेदवारले १२० तथा एमाले उम्मेदवारले ८८ मत ल्याएका छन् । उपमेयरमा पनि कांग्रेस उम्मेदवारकै अग्रता छ । कांग्रेस उम्मेदवारले ४६२, राजपाले ३९२, संघीय समाजवादी फोरमले २४४, माओवादीले १६३, एमालेले ९६ तथा फोरम लोकतान्त्रिकले ९३ मत पाएका छन् ।
नयाँपत्रिकाबाट





























प्रतिक्रिया