काठमाडौं,३, असोज
छिमेकी मुलुक चीनसँग सीमा जोडिएका विभिन्न नाका खुलाउन दुवै मुलुकका उच्च अधिकारी संलग्न बैठक भोलि बुधबार राजधानीमा शुरू हुँदै छ। बैठकमा सहभागी हुन सह–सचिव स्तरका चिनियाँ अधिकारी सोमबार साँझ काठमाडौं आइपुगेका छन्। भूकम्पले क्षति पुर्याएको तातोपानी सहित उत्तरतर्फका नाका खुलाउने विभिन्न विकल्पका बारेमा बैठकमा विस्तृत छलफल हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले जानकारी दिए। उनका अनुसार नेपालले पूर्व–पश्चिम सबै क्षेत्रलाई समेट्ने गरी उत्तरतर्फका विभिन्न ९ नाका खुलाउन प्रस्ताव गर्नेछ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया