हेटौंडा,३, असोज
बनावटी दुर्घटना गराई बियर र ट्रकको क्षतिपूर्ती रकम खाने योजनामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका ५ का ३० बर्षिय उज्ज्वल कँडेल, हेटौँडा उपमहानगरपालिका ११ का २८ बर्षिय सन्तोष खत्री, हेटौंडा १९ का २२ बर्षिय निर्मल सुवेदी र हेटौँडा १३ पदमपोखरीका २४ बर्षिय मणी लामा रहेका छन्। ट्रकका सक्कली साहु हेटौँडा ३ का सन्तोष खड्का फरार छन् । आरोपीहरुले ट्रकको दुर्घटना बापत् बिमा र बियरको रकम लिन ट्रक त्रिशुलीमा खसालेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बिकासराज खनालले जानकारी दिए।
नागरिकबाट





























प्रतिक्रिया