महोत्तरी, असोज, १
स्थानीय तहको तेस्रो चरणको चुनावका लागि भारतको सिमातमढी र मधुवनि जिल्लासँग जोडिएको महोत्तरीको सीमा सिल गरिएको छ। भारत र नेपालको सुरक्षा निकायसँगको समन्वयमा ७२ घण्टा (तीन दिन) को लागि सीमा सिल गरिएको प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले बताए।
महोत्तरीमा कामय रहेको १५ स्थानीय तह मध्ये पाँच वटा स्थानीय निकायको सीमा भारतीयसँग जोडिएको छ। मटिहानी नगरपालिका , जलेश्वर नगरपालिका , मनरासिस्वा नगरपालिका ,सम्सी गाउँपालिका र सोनमा गाउँपालिका गरि पाँच स्थानीय तह अन्तर्गत पर्ने ३८.४ किलोमिटर सीमा सिल गरिएको हो। निस्पक्ष, धाँधली रहित रुपमा निर्वाचन सम्पन्न गर्नका लागि भदौ ३१ गते शनिबार विहान ७ वजे देखि असोज २ गते साँझ ७ वजे सम्मका लागि नेपाल भारत सीमा सिल गरिएको प्रजिअ श्रेष्ठले बताए।
नागरिकबाट





























प्रतिक्रिया