रसुवा, असोज, १
नेपाल र चीनबीच संचालित एक मात्र व्यापारिक नाका रसुवागढीमा सूचना तथा परामर्श केन्द्र स्थापना भएको छ । "/>

रसुवागढी नाकामा सूचना तथा परामर्श केन्द्र खुल्यो

रसुवागढी नाकामा सूचना तथा परामर्श केन्द्र खुल्यो

केन्द्रबिन्दु
0
Shares

रसुवा, असोज, १
नेपाल र चीनबीच संचालित एक मात्र व्यापारिक नाका रसुवागढीमा सूचना तथा परामर्श केन्द्र स्थापना भएको छ । माईती नेपालद्धारा चेलीबेटी बेचबिखन रोक्न र रोजगारीका सिलसिलामा केरुङ जाने महिलालाई आवश्यक परामर्श दिनका लागि नाकामा सूचना तथा परामर्श केन्द्र स्थापना गरिएको हो । माइती नेपाल रसुवाका जिल्ला संयोजक हिरा लामाका अनुसार, स्थापना गरिएको केन्द्रमा दुई जना महिला कर्मचारी खटाइएको छ । नेपाल–चीन सीमा क्षेत्र रसुवागढीमा केन्द्रले चीनको केरुङ जाने सबै महिलाको लगत अद्यावधिक गर्ने, कुन काम, के का लागि जान लागेको हो, सो को पहिचान गर्नेछ ।
नयाँपत्रिकाबाट

Logo