काठमाडौँ, ३१, भदौ

स्थानीय तहको पहिलो र दोस्रो चरण निर्वाचनमा बदर मत धेरै भएपछि निर्वाचन आयोगले तेस्रो चरणको चुनावमा मतदाता शिक्षालाई जोड दिए पनि प्रभावकारी नभएको गुनासो बढेको छ। "/>

मतदाता शिक्षामा जोड दिए पनि प्रभावकारी नभएको गुनासो

मतदाता शिक्षामा जोड दिए पनि प्रभावकारी नभएको गुनासो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, ३१, भदौ

स्थानीय तहको पहिलो र दोस्रो चरण निर्वाचनमा बदर मत धेरै भएपछि निर्वाचन आयोगले तेस्रो चरणको चुनावमा मतदाता शिक्षालाई जोड दिए पनि प्रभावकारी नभएको गुनासो बढेको छ। मतदाता शिक्षा प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय भाषामा सामग्री तयार गरी स्थानीय सञ्चारमाध्यम मार्फत प्रचार प्रसार गरेको आयोगको दाबी छ। मतदाता शिक्षाका लागि तराईका आठ जिल्लामा भदौ १५ बाट ३५ सय ८० स्वयंसेवक घरदैलोमै पुगेर सही रूपमा मतदान गर्ने विधि सिकाइरहेको आयोगले जनाएको भए पनि यो त्यति प्रभावकारी हुन सकेको छैन।

आयोगले एक सय ३६ स्थानीय तहको एक हजार स्थानमा नमुना मतदान गरेको थियो। जसमा बदर मत ७ देखि ८ प्रतिशतसम्म पाइएको छ। ०७० सालको संविधानसभा निर्वाचनमा सबैभन्दा बढी मत बदर तराईका जिल्लामै भएको थियो। निर्वाचन आयोगका प्रवक्ता नवराज ढकाल नमुना मतदान केवल नमुनाका लागि भएकाले त्यसैलाई आधार बनाउन नहुने बताउँछन्। ‘घर घरमै पुगेर मतदाता शिक्षा दिइएकाले बदर मत निकै कम आउने आयोगले अपेक्षा गरेको छ ।

अन्नपूर्णपोष्टबाट

Logo