केन्द्रबिन्दु । ३० भदौ ।
पारिवारिक साझेदारका रूपमा महिला र पुरुषको समान भूमिका हुन्छ । यद्यपि समाजले दुवैलाई अलग कित्तामा राखेर हेर्ने गरेका छन् । प्रवृत्ति, सोचाइ, व्यवहार, शैली लगायतका कुरामा महिला र पुरुषमाथि हेर्ने दृष्टिकोण समान छैन । महिलाहरू बढी संवेदनशील हुन्छन्, शृंगारमा महत्व दिन्छन्, सपिङका क्रेजी हुन्छन् भन्ने आम सोचाइ छ । यद्यपि पुरुषहरूमा पनि महिलाको जस्तो स्वभाव र रुचि हुन्छ, भलै उनीहरूले यसलाई बाहिर प्रदर्शन गर्दैनन् ।
गसिप किङ
महिलाहरू प्रायः अर्काको कुरा काटेर समय बिताउ“छन्, आम धारणा यस्तै छ । उनीहरूलाई ‘अर्काको कुरा काट्ने’ दोष लाग्ने गरेको छ । यसैगरी महिलाहरू आपसमा भेला भएपछि अनावश्यक कुरा गर्छन् भन्ने सोचाइ पनि छ । यद्यपि यस विषयमा महिलाहरूलाई मात्र दोष दिएर हँुदैन । पुरुषहरूमा पनि यस्तो बानी हुन्छ । उनीहरू कतिपय समय गफमै खर्चिरहेका हुन्छन् । साथीहरूस“ग भेट हुनासाथ पुरुषहरू गफ हाँक्न सुरु गरिहाल्छन् । एक मनोविज्ञका अनुसार महिलाले जस्तै पुरुषहरू पनि गफमा धेरै समय खर्चिरहेका हुन्छन् । उनीहरूको गफको विषय र प्रकृति फरक हुनसक्छ । महिलाहरू अर्काको कुरा काट्न एवं गुनासो गर्नमा समय बिताइरहेका हुन्छन् भने पुरुषहरू अलि फरक किसिमको गफ गरेर समय काट्छन् । उनीहरू सम्पत्ति, कार्यालय, राजनीति, खेल अनि यौनसम्बन्धका विषयमा गफ गरिरहेका हुन्छन् ।
रोमान्टिक
वास्तविक जीवनमा पुरुषले फिल्मी हिरो जस्तो रोमान्स गर्दैनन् भन्ने सोचाइ पनि समाजमा व्याप्त छ । पुरुष धेरै रोमान्टिक हँुदैनन् भनिन्छ तर यो भ्रम मात्र हो । पुरुष पनि महिला जस्तै रोमान्टिक हुन्छन् । यद्यपि प्रेम दर्शाउने तरिका महिलाहरूको भन्दा फरक हुनसक्छ । महिलाहरू ‘केयरिङ व्यवहार’ बाट प्रेम व्यक्त गरिरहेका हुन्छन् भने पुरुषहरू फूल एवं चकलेट दिएर त्यस्तो भावना व्यक्त गर्छन् । यसका साथै उनीहरू पनि महिलाले जस्तै पार्टनरस“ग रोमान्टिक फिल्म र क्यान्डिल लाइट डिनरमा जान इच्छुक हुन्छन् ।
इमोसनल
एक महिला भन्छिन्, ‘मेरो पति जहिले पनि इमोसलन देखिँदैनन् । यसलाई उनले आफंैमा दबाएर राख्छन् । यद्यपि कुनै संवेदनशील अवस्थामा उनको आ“खा रसा“उछ । मन भावुक हुन्छ ।’ प्रायःजसो पुरुषलाई शारीरिक एवं मानसिक रूपमा मजबुत हुन जरुरी छ । आफ्नो यही छविलाई बचाएर राख्नका लागि पुरुषहरू आफ्नो कमजोरी एवं आ“शु अर्कासामु प्रदर्शन गर्दैनन् ।
स्टाइलिस लुक
राम्रो एवं स्टाइलिस देखिने चाहना महिलामा मात्र हुन्छ भन्ने सोचाइ पनि गलत छ किनभने अहिलेको पुरुषमा पनि ‘व्युटी कन्सियसनेस’ छ । उनीहरू अब स्टाइलिस कपडा मात्र लगाउँदैनन्, कस्मेटिक्स र महंगो परफ्युममा समेत खर्च गर्न तयार हुन्छन् । आकर्षक व्यक्तित्वका लागि उनीहरू ब्युटी ट्रिटमेन्ट लिइरहेका हुन्छन् । यति मात्र होइन, फिजिकल फिटनेसका सन्दर्भमा उनीहरूले महिलालाई उछिनेका छन् । एक सौन्दर्य व्यवसायी भन्छिन्, ‘अहिलेका पुरुषहरू आफूलाई राम्रो देखाउनका लागि मेनिक्युर, पेडिक्युर, चेस्ट वाक्सिङ, हेयर स्पा लिनका लागि ब्युटी सैलुन जान लाज मान्दैनन् । हामीकहा“ यस्ता पुरुषहरू आउ“छन् जो आकर्षक देखिनका लागि थ्रेडिङ, आर्टिफिसियल आइलेसेज आदि गर्ने गर्छन् ।’
सपिङ
सबैलाई थाहा भएकै कुरा हो, महिलाहरू सपिङका सौखिन हुन्छन् । उनीहरूलाई खरिदारीमा धेरै रुचि हुन्छ । यद्यपि सपिङ मेनिया पुरुषमा पनि हुन्छ । पुरुषहरू पनि सपिङको आनन्द लिन चाहन्छन् । फरक यत्ति हो, महिलाहरू सपिङमा लामो समय लगाउ“छन्, पुरुषहरू यसमा त्यति समय लगाउ“दैनन् ।
सिरियल क्रेज
महिलाहरू टेलिभिजनमा आउने सिरियल भनेपछि हुरुक्कै हुन्छन् । यसको बदला पुरुषहरू टेलिभिजनमा न्युज, स्पोर्टसमा बढी रुचि राख्छन् । यो भनाइ पनि उति सान्दर्भिक छैन । किनभने पुरुषहरू पनि सिरियलमा रुचि राख्छन् । उनीहरू पारिवारिक कथावस्तुमा आधारित सिरियल हेरेर आनन्द लिन्छन् । कतिपय पुरुषहरू त महिलाहरूले रुचाउने भनिएको हिन्दी सिरियलका क्रेजी नै हुन्छन् ।
वुमन म्यागेजिन
महिलाहरूको सम्बन्धमा जान्नका लागि पुरुषहरूले वुमन म्यागेजिन हेर्ने गर्छन् । ती म्यागेजिनमा राखिएका कन्टेन्टहरूले पुरुषको ध्यान आकर्षित गर्ने गरेका छन् । साथै म्यागेजिनमा प्रकाशित सौन्दर्य, फेसन, लाइफस्टाइल, पकवानजस्ता विषयमा चासो दिएर पढ्ने गर्छन् ।
होम मेकरको भूमिकामा
पुरुषहरू घरबाहिरको काममा बढी तल्लीन हुन्छन् । त्यसैले धेरैलाई लाग्छ, उनीहरू घरभित्रको काम गर्न सक्दैनन्÷जान्दैनन् । यद्यपि घरभित्रको काममा पुरुषहरू पनि महिलाभन्दा कम हुँदैनन् । घरको सरसफाइदेखि बजारमा गएर सब्जी किन्न र खाना बनाउनमा समेत पुरुषहरू उत्तिकै पोख्त हुन्छन् । महिलाले जस्तै घरको सजावटमा उनीहरूले ध्यान दिइरहेका हुन्छन् । लन्डनको क्याम्ब्रिज युनिभर्सिटीमा भएको एक अध्ययन अनुसार ‘पुरुषहरू पनि महिला जस्तै घरको काम गर्नमा मज्जा मान्छन् । आफ्ना पार्टनरलाई खुसी राख्न एवं सघाउने हेतुले पनि उनीहरू घरभित्रको काम गर्छन् ।’
चटपटे खानामा रुचि
चटपटे, चाट, पानीपुरी पुरुषका लागि पनि फेवरेट हुन्छ । यद्यपि धेरैजसो पुरुष आफ्नो यस्तो रुचि खासै खुलेर बताउ“दैनन् । पानीपुरी खाने इच्छा उनीहरू आफ्ना पुरुष साथीस“ग नै पूरा गर्छन् । महिलाहरूले यसबारे थाहा नपाऊन् भन्ने भित्री चाहाना हुन्छ, उनीहरूमा ।
कीरा–माकुराबाट डराउने
स–सना कीरा, माकुरा, साङ्गलास“ग महिला मात्र होइन, पुरुषहरू पनि डराउ“छन् । एक गृहणी भन्छिन्, ‘मेरो श्रीमान् साङ्गा कीरादेखि डराउ“छन् तर यस कुरालाई उहा“ले बाहिर देखाउनुहुन्न ।’
(एजेन्सीको सहयोगमा)





























प्रतिक्रिया