क्रम्पटनले ईलेक्ट्रीक गिजर भित्रायो

क्रम्पटनले ईलेक्ट्रीक गिजर भित्रायो

केन्द्रबिन्दु
0
Shares

काठमाण्डौ, भाद्र ३० गते । क्रम्पटन ब्राण्डका अत्याधुनिक ईलेक्ट्रिक गिजर नेपाली बजारमा आएको छ । ईलेक्ट्रिक गिजरमा विश्वमै पहिलो पटक नानो पोलिमर कोटेड टैंक रहेको यो गिजर रोबोट प्रविधी बाट निर्माण गरिएको छ ।

यी गिजरहरु स्केलिङ्ग हुन बाट जोगिनुका साथै लामो समयसम्म टिक्ने खालका छन् । यो गिजरमा इन्सुलेशनका लागि पनि अत्याधुनिक प्रविधी पियुएफओ प्रयोग गरिएको छ । यसले पानीलाई ७२ घण्टा सम्म तातो बनाई राख्न मद्धत गर्छ । यो वाहे क्रम्पटन ब्राण्डका ईलेक्ट्रीक गिजरले अत्यधिक प्रेसर थेग्न सक्ने क्षमताका समेत रहेको छ ।

क्रम्पटन कम्पनीका उत्पादनहरुलाई नेपाली बजारमा सेभ ईन्टरप्राईजेजले बिक्रि वितरण गर्दै आएको छ । १ सय २५ बर्ष पुरानो कम्पनीका उत्पादनहरुले ५ नम्बर रेटिङ पाएको छ । जति धेरै नम्बर पायो उत्तिनै कम विद्युत् खपत गर्नेमा परिने हुनाले क्रम्पटनका उत्पादनहरु विद्युत् कम खपत गर्ने उपकरणमा पर्ने गरेको सेभ ईन्टरप्राईजेजका एमडी संजय श्रेष्ठले बताए ।

अहिले सेभ ईन्टरप्राईजेजले क्रम्पटनका गिजर, आइरन, पंखा र कुलर लगायतका विद्युतीय सामानहरुलाई नेपाली बजारमा भित्राएको छ ।

Logo