काठमाडौं , ३०, भदौ
सरकारले निर्वाचन आयोगको सहमतिमा बिहीबार १२ सय ६० कर्मचारी सरुवा गरेको छ । सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालय अन्तर्गतका उपसचिव देखि खरिदार सम्मका कर्मचारीलाई स्थानीय विकास मन्त्रालय अन्तर्गत सरुवा गरेको हो । "/>

आयोगको सहमतिमा १२ सय ६० कर्मचारी सरुवा

आयोगको सहमतिमा १२ सय ६० कर्मचारी सरुवा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं , ३०, भदौ
सरकारले निर्वाचन आयोगको सहमतिमा बिहीबार १२ सय ६० कर्मचारी सरुवा गरेको छ । सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालय अन्तर्गतका उपसचिव देखि खरिदार सम्मका कर्मचारीलाई स्थानीय विकास मन्त्रालय अन्तर्गत सरुवा गरेको हो । निर्वाचन आचारसंहिता सुरु भइसके पनि स्थानीय तहका लागि कर्मचारी सरुवा गर्न निर्वाचन आयोगले सहमति दिएपछि मन्त्रालयले कर्मचारीको सरुवा गरेको हो । यसअघि सरकारले बुधबार ८० कर्मचारी सरुवा गरेको थियो । निजामती सेवा नियमावली अनुसार भदौ महिना भरि कर्मचारीलाई अन्तरमन्त्रालयमा सरुवा गर्ने समय भए पनि निर्वाचन आचारसंहिताका कारण सरुवा रोकिएको थियो । निर्वाचन आयोगले आचारसंहिताका कारण अन्य मन्त्रालयको कर्मचारी सरुवा भने रोक लगाएको छ ।

नयाँपत्रिकाबाट

Logo