दार्चुला,३०, भदौ
महाकालीको व्यापारीक केन्द्र दार्चुला सदरमुकामका अधिकांश पसलमा म्याद गुज्रिएका खाद्यवस्तुहरु भेटिएका छन् । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा भएको बजार अनुगमनमा ७० प्रतिशत पसलका खाद्यसामग्रीको म्याद गुज्रिएको भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताए।
सदरमुकामका ५५ पसलमा अनुगमन गर्दा अधिकांश पसलमा म्याद गुज्रेका सामग्री फेला परेको हो। विशेषगरी पेय पदार्थहरु कोकाकोला, फ्यान्टा, फ्रुटी, सःस जस्ता खाद्यवस्तुहरुको म्याद गुज्रिएको पाइएको सहायक प्रजिअ जोशीले बताए। यस्तै व्यवसायीहरुले म्याद सकिसकेका दाल, पिठो, चामल जस्ता खाद्य वस्तुहरुको विक्रि वितरण गरिरहेको पाइएको उनले बताए। बजार अनुगमनका लागि सरकारी नेतृत्वको टोली आएपछि व्यापारीहरु पसल बन्द गरेर भागेका थिए।
अन्नपूर्णपोष्टबाट





























प्रतिक्रिया