२९, भदौ, काठमाडौं
विभिन्न किमिसका लागूऔषध सहित ठमेलमा दुई युवक पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त लैनचौरले सिन्धुपाल्चोकका राम बहादुर मगर र दाङका सागर शर्मालाई पक्राउ गरेको हो । "/>

ठमेलमा लागुऔषध बरामदका घटना वढ्दै

ठमेलमा लागुऔषध बरामदका घटना वढ्दै

केन्द्रबिन्दु
0
Shares

२९, भदौ, काठमाडौं
विभिन्न किमिसका लागूऔषध सहित ठमेलमा दुई युवक पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त लैनचौरले सिन्धुपाल्चोकका राम बहादुर मगर र दाङका सागर शर्मालाई पक्राउ गरेको हो । उनीहरुबाट नोर्फिन, डाइजेपाम र पेनारगन ५५,५५ वटा बरामद भएको छ । त्यस्तै एक हजार अमेरिकी डलर र ५० मलेसियन रिंगेट पनि बरामद भएको छ । ठमेललाई लक्षित गरी उनीहरु लागूऔषध कारोबारमा संलग्न रहेको लैनचौर वृत्तका डिएसपी दिपक पोखरेलले बताए । लैनचौन प्रहरीले दुई दिनअघि मात्र ठमेलमा बिक्रि गर्न लागिएको एक किलो चरेश सहित रोहित घले, तनहुँका मिन गुरुङ र स्वयम्भुका नवीन थापालाई पक्राउ गरेको थियो ।
नयाँपत्रिकाबाट

Logo