मनाङमा थप पर्यटन पूर्वाधार विकास गरिने

मनाङमा थप पर्यटन पूर्वाधार विकास गरिने

केन्द्रबिन्दु
0
Shares

मनाङ ।

संस्कृति, पर्यटन तथा उड्डनमन्त्री योगेशकुमार भट्टराईले विश्वकै अग्लो स्थानमा रहेको ताल तिलिचो लगायत अन्य पर्यटकीय गन्तव्यको स्थलगत भ्रमण गरेका छन् । काठमाडौँबाट हेलिकप्टर चार्टर गरी यहाँ आइपुगेका उनले तिलिचो स्वर्गको टुक्रा रहेको बताए।

उनले स्थलगत अवलोकनका क्रममा थप पर्यटन प्रबर्धनका लागि पूर्वाधार विस्तार गर्न तत्काल केही कदम चालिने बताए। उनले एग्रो मनाङ प्रालिको पनि भ्रमण गरे । सात सय ३५ रोपनी क्षेत्रफलको स्याउबारीबाट उत्पादित स्याउ हाल वर्षमा करीब पाँच लाख बराबरको बिक्री गरिन्छ । केही वर्षपछि करीब २० लाख उत्पादन र बिक्री गर्न सक्ने क्षमता हिमालय स्याउ फार्ममा छ ।सांसद पोल्देनछोपाङ गुरूङको नेतृत्वमा स्याउ प्रवर्धन भइरहेको जनाइएको छ । अन्नपूर्ण र मनास्लु हिमशृङ्खलाको काखमा रहेको मनाङ भौगोलिक विविधता र प्राकृतिक सुन्दरताले भरिपूर्ण छ ।

उनीसँगै सांसद गुरुङ, प्रमुख जिल्ला अधिकारी ध्रुव गिरी, स्थानीय जनप्रतिनिधि, नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत धनञ्जय रेग्मी, प्रहरी नायब उपरीक्षक मेखबहादुर लगायत सहभागी भएका थिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य भट्टराईको उपस्थिति तथा प्रतिनिधिसभा सदस्य एवं नेकपा गण्डकी प्रदेशका सदस्य एवं जिल्ला कमिटी मनाङका अध्यक्ष गुरुङको अध्यक्षतामा प्रथम पटक नेकपा मनाङ सचिवालय बैठक सम्पन्न भएको नेता चिन घलेले जानकारी दिए ।रासस

Skip This
Skip This
Logo