२८, भदौ, चितवन
नवलपरासीको नवलपुर क्षेत्रमा जितीया पर्वको रौनक छाएको छ । जितिया पर्व मंगलबारबाट सुरु भएपनि केही दिन अगाडिबाटै जितिया पर्वको अवसर पारेर विभिन्न थारु नाच, झाम्टा नाचको प्रतियोगिता देखि शुभकामना आदान प्रदान कार्यक्रम सुरु भएको छ । "/>

नवलपरासीमा जितिया पर्वको रौनक

नवलपरासीमा जितिया पर्वको रौनक

केन्द्रबिन्दु
0
Shares

२८, भदौ, चितवन
नवलपरासीको नवलपुर क्षेत्रमा जितीया पर्वको रौनक छाएको छ । जितिया पर्व मंगलबारबाट सुरु भएपनि केही दिन अगाडिबाटै जितिया पर्वको अवसर पारेर विभिन्न थारु नाच, झाम्टा नाचको प्रतियोगिता देखि शुभकामना आदान प्रदान कार्यक्रम सुरु भएको छ ।

जितीयाको अवसर पारेर कावाासेतीमा मंगलबार कुमारवर्ती माई थारु गुठी संरक्षण संस्थाले जितीया विशेष झाम्टा र लाठीनाच कार्यक्रम गरेको छ । कार्यक्रममा नवलपुर क्षेत्रका विभिन्न महिला समूह तथा किशोरीहरुको समूहले बालविवाह बिरुद्ध, वातावरण संरक्षण, सरसफाई लगायतका विषयमा जनचेतना मूलक झाम्टा तथा लाठी नाच प्रस्तुत गरेका थिए । कार्यक्रम थारु भाषाका गायक मअधेम महतो, केशव महतोले समेत आफ्नो साङ्गेतिक प्रस्तुती प्रस्तुत गरेका थिए । यस्तै कावासोतीमा थारु महिला सभाको आयोजनामा समेत जितीया पर्वको अवसर पारेर गरिएको थियो । कार्यक्रममा नवलपुर क्षेत्रका एक सय भन्दा बढि कलाकारहरुले नृत्यु प्रस्तुत गरेका थिए ।
नयाँपत्रिकाबाट

Logo