२८, भदौ, चितवन
नारायणगढ -मुग्लिन सडकखण्डको सेती दोभानमा हिजो साँझ सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार साँझ ७ :४० बजे चट्टानसहितको पहिरो खसेको हो। पहिरोसँगै खसेको ढुंगाले लागेर सडकमा गुडिरहेको ट्रकमा सामान्य क्षति पुगको छ। चट्टान सहितको पहिरो र रातको समय भएकाले पहिरो हटाउन कठिन भएको उनले बताए । यसैविच सरकारले भने दशैं तिहारको समय अवधि भर सो सडक चौविसै घण्टा सुचारु हुने बताएको छ । सडक मर्मत हुँदै गरेकाले रात्रीकालिन समयमा सडक बन्द हुने गरेको थियो ।
अन्नपूर्णपोष्टबाट





























प्रतिक्रिया