नवराज सिलवालको रिट सर्वोच्चद्धारा खारेज

नवराज सिलवालको रिट सर्वोच्चद्धारा खारेज

केन्द्रबिन्दु
0
Shares

 

काठमाडौं, २७ भदौ । डीआईजी नवराज सिलवालले आफुलाई प्रहरी महानिरिक्षक बनाउन माग गर्दै दाएर गरेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ ।
प्रधानन्यायाधीश गोपाल पराजुली लगायत न्यायाधीशहरु सारदाप्रसाद घिमिरे, ओमप्रकाश मिश्र, मीरा खड्का, प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारीको पुर्ण इजलासले सिलवालको माग दावी नपुगेको ठहर गर्दै रिट खारेज गरेको हो ।

सर्वोच्चले प्रकाश अर्यालको कार्यसम्पादन मूल्यांकन अंक १ सय ५४ दशमलव २ र सिलवालको १ सय ५२ दशमलव ४ देखिएको भन्दै आईजीपी बन्न सिलवालको माग दावी पुरा नहुने ठहर गरेको हो । बरियतामा आफू एक नम्बरमा रहेको र कार्य सम्पादन मूल्यांकनमा पनि आफू नै अगाडि रहेको अवस्थामा दोस्रो बरियताका डीआईजी अर्याललाई आईजीपी बनाइएको भन्दै सिलवाल अदालत गएका थिए ।

 

Logo