धादिङ, २७ भदौ
काठमाडौँबाट नवलपरासीको त्रिवेणी जाँदै गरेको यात्रुबाहक बस आज बिहान सबेरै धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित विशालटारमा दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । "/>

धादिङको विशालटारमा बस दुर्घटना हुँदा ३१ घाइते

धादिङको विशालटारमा बस दुर्घटना हुँदा ३१ घाइते

केन्द्रबिन्दु
0
Shares

धादिङ, २७ भदौ
काठमाडौँबाट नवलपरासीको त्रिवेणी जाँदै गरेको यात्रुबाहक बस आज बिहान सबेरै धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित विशालटारमा दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । विशालटारको मोडमा लु २ ख ६६३० नं. को यात्रुबाहक बस अनियन्त्रित भई सडकबाट १०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक कृष्णप्रसाद सापकोटाले बताए ।

चवालीस जना यात्रु लिएर हिँडेको बस तीव्रगतिका कारण मोडबाट तल खसेको थियो । घाइते मध्ये चारजनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौँस्थित वीर अस्पताल पठाइएको छ । बाँकीको मलेखुमा रहेको राजमार्ग सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । १३ जना यात्रु भने सकुशल छन् । रासस

Logo