भदौ, २७ ,सिन्धुपाल्चोक

जिल्लामा भूकम्पको २७ महिनाका बीच ध्वस्त भएका घरसंरचना मध्ये पन्ध्र प्रतिशत हाराहारीमात्र पुनर्निर्माण शुरू भएका छन्। "/>

घर बनाउन गाउँमै पुगे पुनर्निर्माणका हाकिम

घर बनाउन गाउँमै पुगे पुनर्निर्माणका हाकिम

केन्द्रबिन्दु
0
Shares

भदौ, २७ ,सिन्धुपाल्चोक

जिल्लामा भूकम्पको २७ महिनाका बीच ध्वस्त भएका घरसंरचना मध्ये पन्ध्र प्रतिशत हाराहारीमात्र पुनर्निर्माण शुरू भएका छन्। नेपालीहरूको महान् चाड विजयादशमी नजिकिँदै गर्दा यसअघिका दशैं टहारामै टारेका अधिकांश भूकम्पपीडितले यस वर्ष पनि टहरामै दशैं मनाउनुपर्ने अवस्था छ।

विनाशकारी भूकम्पको साढे दुई वर्ष बित्नै लाग्दा पनि निजी आवास पुनर्निर्माणले गति लिन नसकेपछि पुनर्निर्माणका हाकिमसाबहरू पीडितका बस्तीमै पुगेर ‘तातो’ लगाउन थालेका छन्। निजी आवास पुनर्निर्माणका लागि पहिलो किस्ता लिएको एक वर्ष बिते पनि गाउँबस्तीमा पुनर्निर्माण सुस्त भएपछि पछिल्लो समय राष्ट्रिय पुनर्निर्माण प्राधिकरण विशेष सम्पर्क कार्यालयका प्रमुख रुद्र मल्ल र जिल्ला आयोजना कार्यान्वयन एकाइ प्रमुख एवं शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख डा. युवराज पौडेल भूकम्पपीडितका बस्तीमै पुगेर निजी आवास निर्माणमा दबाब दिइरहेका छन्।

शुक्रबार लोकल इन्टरभेन्सन ग्रुपले चौतारा साँगाचोकगढी नगरस्थित साविकको साँगाचोकको रानाथोकमा सामुदायिक छलफल सञ्चालन गर्यो। भूकम्पपीडित जनताका गुनासा सुन्न र पुनर्निर्माणमा तातो लगाउन जिल्ला आयोजना कार्यान्वयन एकाइ प्रमुख डा. पौडेल र पुनर्निर्माण प्राधिकरण विशेष सम्पर्क कार्यालयका प्रमुख मल्ल रानाथोकमा पुगेका थिए ।
नेपाल समाचारपत्रबाट

Logo