ललितपुर, २६ भदौ । लगनखेलस्थित ललितपुर मलमा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले भदौ १३ गतेदेखि आयोजना गरिरहेको ललितपुरकै सबैभन्दा ठूलो चौथो एक्स्पो ललितपुर मोबाइल एक्स्पो २०७४ को समापनसँगै ग्राहकहरुलाई सूपथ मूल्यमा फोन बिक्रि गर्ने योजना ल्याएको छ ।
गुणस्तरीय र ब्राण्डेड मोबाइल मात्र बिक्री गरेर ख्याती कमाईरहेको कम्प्लेक्सले बजारको विश्वासनियता बढाउन र ग्राहकहरुलाई नियमितरुपमा आउने वातावरण बनाउनका लागि नाफारहित मूल्यमा मोबाइल बिक्री गर्ने योजना ल्याएको हो ।
ललितपुर मोबाइल कम्प्लेक्सले मोबाइल एक्स्पो समापनको अवसर पारेर आफ्ना ग्राहकहरुलाई परल मूल्यमा नै मोबाइल बिक्री गर्ने योजना सार्वजनिक गरेको छ । यही कार्तिक १५ गतेसम्मका लागि कम्पनीले प्राप्त गर्ने नाफाको मूल्य घटाई सुपथ मूल्यमा मोबाइल बिक्री गर्ने योजना ल्याएको हो ।
यो योजना अवधिभर कम्प्लेक्सले अधिकतम मूल्य (एमआरपी) मा बिक्रेताले पाउने नाफाको मूल्य घटाएर नै ग्राहकहरुलाई फोन बिक्री गर्नेछ । यसले गर्दा ग्राहकहरुले निकै सस्तो मूल्यमा चाहे अनुसारको फोन किन्न सक्नेछन् ।
‘हामीले ग्राहकहरुको लागि परल मुल्यमा नै मोबाइल बिक्री गर्ने योजना ल्याएका छौं, योजना अवधिभरमा मोबाइल फोनमा हामीले पाउने नाफाको रकम घटाएर मोबाइल बिक्री गर्नेछौं’ अध्यक्ष पुरुषोत्तम बस्नेतले बताए ।
यस्तो प्रकारको योजना नेपालमा नै पहिलो पटक ललितपुर मोबाइल कम्प्लेक्स ले ल्याएको हो । योजना अवधिभर ग्राहकहरुले कुनैपनि ब्राण्ड र मोडलका मोबाइल फोनहरु सुपथ मूल्यमा खरिद गर्न सक्नेछन् ।
ललितपुर मलमा स्थापना भएको ललितपुर मोबाइल कम्प्लेक्स नेपालको पहिलो मल्टिब्राण्ड मोबाइल शोरुम हो, जहाँ एकै पटक ४ हजारदेखि ५ हजार ग्राहकले सुविधा प्राप्त गर्न सक्छन् । ललितपुर मलको दोस्रो तल्लामा ४० भन्दा बढि मोबाइल शोरुम तथा आधिकारीक सर्भिस सेन्टर संचालनमा रहेका छन् ।
कम्प्लेक्समा ह्वावे, जियोनी, सामसुंग, कलर्स, आईफोन, एचटिसी, नोकिया, वानप्लस, लाभा, डिटिसी, कलर्सलगायत ब्राण्डका फोनहरु उपलब्ध छन् ।





























प्रतिक्रिया