नेपालगन्ज, भदौ २६
नेपालगन्जको मुख्य बजार पुष्पलाल चोकका भएको आगलागीमा पाँच पसल नष्ट भएका छन्। आइतबार दिउँसो ४ बजे मोटरसाइकल वर्कसपमा मोटरसाइकल मर्मत गर्ने क्रममा आगो सल्केको थियो। उक्त मोटरसाइकल वर्कसपमा लागेको आगोले वरिपरिका पाँच पसलमा क्षति पुगेको वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक राजन गौतमले जानकारी दिएका छन् । नेपालजगन्ज उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहायतामा आगो नियन्त्रणमा लिइएको थियो। आगलागीबाट पसलका सामान जलेर नष्ट भएपनि मानवीय क्षति नभएको प्रहरी निरीक्षक गौतमले जानकारी दिए। उनका अनुसार आगलागीमा करिव एक करोड बराबरको समान जलेर नष्ट भएको अनुमान गरिएको छ। नेपालगन्जमा यस बर्ष श्रृङ्खलाबद्ध रुपमा आगलागीका घटना भइरहेका छन्
अन्नपूर्णपोष्टबाट





























प्रतिक्रिया