राप्रपा (प्रजातान्त्रिक) सरकारमा सहभागी हुँदै

राप्रपा (प्रजातान्त्रिक) सरकारमा सहभागी हुँदै

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौँ, २५ भदौ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) सरकारमा आज आइतबार सहभागी हुने भएको छ ।

मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न तथा आगामी असोज २ गतेको तेस्रो चरणको स्थानीय तह र मंसिरमा हुने प्रादेशिक एवं केन्द्रीय निर्वाचनको कार्यक्रमलाई पूरा गर्ने उद्देश्यले पार्टी सरकारमा आज सहभागी हुन लागेको अध्यक्ष पशुपतिशम्शेर जबराले जानकारी दिएका छन् ।

व्यवस्थापिका– संसद्मा १८ सांसद रहेको पार्टीले वन तथा भू संरक्षण, उद्योग र विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी प्राप्त गर्ने बताइएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारमा दीपक बोहरा, विक्रम पाण्डे र  सुनील थापालाई पठाउने निर्णय पार्टीले गरेको छ ।  उनीहरु तीनै जना प्रत्यक्ष निर्वाचित सांसद हुन् । 

उनीहरुको आजै साँझ  सपथ हुने कार्यक्रम छ । 

राष्ट्रिय समाचार समितिले जनाएअनुसार, राप्रपाबाट वैचारिक असहमति राख्दै गत साउन २२ गते विभाजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको सो पार्टीले करिब दुई साता अगाडि दलका रुपमा मान्यता प्राप्त गरेको थियो ।

Skip This
Skip This
Logo