इलाम, भदौ, २५
जिल्लाको रोङ गाउँपालिकाको प्रथम गाउँसभामा प्रयोग गरिएको ब्यानरमा नेपाली कांग्रेसका नेता स्वर्गीय बिपी कोइरालाको तस्बिर प्रयोग गरेको भन्दै नेकपा एमालेले गाउँसभा नै अवरुद्ध गर्ने चेतावनी दिएको छ । एमालेले गाउँपालिका अध्यक्ष शमशेर राईले नियोजित रूपमा आफ्नो दलका नेताको तस्बिर गाउँसभाको ब्यानरमा प्रयोग गरेको निष्कर्ष निकालेको हो।
शनिबार बसेको नेकपा एमाले गाउँपालिका संसदीय दलको बैठकले अध्यक्षले त्रुटि नसच्याए सम्म गाउँसभा नै अवरुद्ध गर्ने निर्णय गरेको छ । अध्यक्ष राईले नियोजित रूपमा बिपीको तस्बिर गाउँसभाको ब्यानरमा प्रयोग गरेको, ब्यानरमा मिति समेत नराखेकाले गाउँसभा नै नियोजित रूपमा सञ्चालन गर्न खोजेको आरोप एमालेले लगाएको छ ।
नागरिकबाट





























प्रतिक्रिया